खाेज्नुहाेस

नागरिकता विहिन जेष्ठ नागरिक

Image

अत्तरिया – फुलबस्नी चौधरीको घर कृष्णपुर नगरपालिका वडा नम्बर ४ को कार्यालय छेउमै छ । ६० बर्ष उमेर पुगेको बताउने चौधरी संग अझै सम्म पनि नागरिकता भने छैन । उनका श्रीमानको पुनर्वासमा बस्दा जिल्ला प्रशासन कार्यालयबाट आएको घुम्ति टोलीबाट नागरिकता बनेपनि उनले भने बिरामी भएका कारण नागरिकता बनाउन पाइनन् । त्यसबेला नागरिकता बनाउन छुटेकी फुलबस्नीको अझै नागरिकता बन्न सकेको छैन् ।

उनका श्रीमान अपाङ्गता भएर हिडडुल गर्न सक्दैनन भने उनका २ छोराहरु पनि मजदुरी गर्दै आएका छन् । ‘मेरो नागरिकता अब कोले बनाइदिन्छ । आफू एक्लै जान सक्दिन् । छोराहरुले वास्ता गर्दैनन्’ उनले भनीन् ‘नागरिता बनाउने त सोच छ । तर, कहाँ गएर कसरी बनाउने थाहा छैन ।’

attariya hospital

स्थानीय ७० बर्ष नाघेकी चन्चला चौधरीको पनि अझै नागरिता छैन । उनलाई नागरिता बनेपछि भत्ता पाइन्छ भन्ने सम्म पनि जानकारी छैन् । उनका एक छोरा भएपनि उनी पनि सुस्त मनस्थितीका छन् ।

स्थानीय लबरी चौधरीले पनि ६० बर्ष भन्दा बढी उमेर हुँदा पनि नागरिकता नबनाएको बताइन । उनले नागरिकता कहाँ कसरी बनाउने भन्ने बारेमा आफूलाई थाहा नभएका कारण नागरिकता नबनाएको बताइन् ।

navjiwan hospital

किचाइ सिविरमा बस्दै आएका फुलबस्नी, चन्चला, लबरी जस्तै उक्त वडामा अरु ४५ जनाको नागरिकता नभएको वडा अध्यक्ष धर्म बहादुर सिहले बताए । उनले वडाबाट गरेको प्रारम्भिक सर्वेक्षणमा धेरै जेष्ठ नागरिक नागरिकता बिहिन रहेको पाइएको बताए ।

‘वडामा अझै धेरै जेष्ठ नागरिक नागरिकता नहुँदा वास्तविक देशको नागरिक सम्म पनि बन्न सकेका छैनन्’ उनले भने ‘नागरिकता नै नभएपछि उनीहरुले राज्यबाट पाउने सुविधा पाउने कुरा त धेरै परको कुरा भयो ।’ उनले जनतेचनाको अभाव र जिल्ला सम्म नागरिकता बनाउन जान सक्ने क्षमता नभएका कारण धेरैको नागरिकता नभएको बताए । ‘हामीले केही समय अगाडी वडामा कति नागरिकता विहिन नागरिक छन भनेर सर्वेक्षण गरेका थियौ । त्यसमा ४५ जना जतीको नागरिकता नभएको पाइएको छ’ उनले भने ‘नागरिकता नभएका उनीहरु जिल्ला प्रशासन गएर बनाउन सक्ने अवस्थाका पनि छैनन् । त्यसैले हामीले एक पटक जिल्ला प्रशासन कार्यालयलाई नागरिकता सिविर संचालन गर्न अनुरोध गरेका छौ ।’

उनले पालिकामा शिविर आयोजना गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेपनि सुनुवाई नभएको बताए ।

उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भने तत्काल नागरिकता शिविर संचालन गर्न सक्ने अवस्था नभएको बताए । उनले हाल कार्यालयमा जनशक्तिको अभाव भएका कारण शिविर संचालन गर्न नसकिने बताए ।

‘अहिले हामी सार्वजनिक विदाको दिन पनि सेवा दिएर पनि कार्यालयमै आएका सेवाग्राहिलाई पनि सेवा दिन सकिरहेका छैनौ’ उनले भने ‘अहिले नागरिकताको लागि बाहिर शिविर लगेर जान सक्ने अवस्थामा छैनौ ।’ उनले तराइको जिल्लामा त्यती धेरै विकट क्षेत्र पनि नभएकाले कार्यालयबाटै सेवा लिन सकिने बताए ।