खाेज्नुहाेस

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षाको सम्भावना

Image

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातसमेत हुनसक्ने छ।

navjiwan hospital

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

attariya hospital

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भागमा राति पनि हिमपातको सम्भावना छ। हुस्सु तथा हिमपात हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।