खाेज्नुहाेस

मोहना नदीमा नुहाउने क्रममा वेपत्ता भएका पुर्नवासका अजयको शव कैलालीमा भेटियो 

Image

बेलौरी – कञ्चनपुरको पुनर्वासमा मोहना नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका अजय चन्दको शव फेला परेको छ । शुक्रवार साझ साथी सङ्ग नुहाउन गएका बेला मोहना नदिको काठेपुलबाट पुर्नवास नगरपालिका ११ का १५ वर्षीय चन्द वेपत्ता भएका थिए । 

शुक्रवार साझ देखि वेपत्ता चन्दको शव आज आइतबार दिउसो धनगढी उप-महानगरपालिका २ त्रिवेणीघाट स्थित मोहना नदीको किनारामा बगिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

attariya hospital
navjiwan hospital

त्रिवेणीघाट स्थित मोहना नदीको किनारामा बगिरहेको अवस्थामा माछा मार्ने व्यक्तिहरुले पहिचान नखुलेको शव देखा परेको भनी प्रहरीलाई जानकारी गराएका थिए । 

त्यसपछि सशस्त्र प्रहरी बल नेपाल बिओपी नल्काघाट खटिएको टोलीले शवलाई मोहना नदीको किनारमा ल्याएका थिए । अनि प्रहरी चौकी शान्तिनगरबाट अर्को टोली घट्ना स्थल पुगेको थियो। 

घटना स्थलमा चन्दका आफन्त पुगेर शव सनाखत गरिसकेका छ्न । अहिले शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । शवको पोष्टमार्टम भोलि भएपछी दाहसंस्कार गरिने बताइएको छ ।