खाेज्नुहाेस

यती एयरलाइन्सका सबै उडान रद्द

Image
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारण । तस्बिरः राधिका कंडेल÷रासस

यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ । पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको ५ ।

navjiwan hospital

कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ । कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो ।

attariya hospital

विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । पछिल्लो अपडेट अनुसार ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।