खाेज्नुहाेस

अत्तरिया कृषि सहकारीको मुनाफा २२ लाख बढी

Image

अत्तरिया – अत्तरिया कृषि सहकारीको मुनाफा २२ लाख नाघेको छ । स्थापनाको सातौ वर्षसम्म आईपुग्दा सहकारीले २२ लाख २५ हजार ५८ रुपैया मुनाफा कमाउन सफल भएको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले १६ लाख ७६ हजार ८ सय २३ रुपैया मुनाफा आर्जन गरेको थियो ।

२०७३ साल पौष १ गते ३३ जना शेयरसदस्यको ५ लाख ४० हजार शेयरपुँजीबाट सुरु भएको सहकारीमा हाल ९ सय १ जना शेयरसदस्य रहेका छन । संस्थाको शेयरपुँजी आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म ५६ लाख ३० हजार ८ सय रुपैया रहेको संस्थाकी प्रबन्धक सक्रान्ती भट्टले बताईन ।

attariya hospital
navjiwan hospital

उनले सहकारीबाट सदस्यहरुलाई विना धितो ४ लाख र धितो तथा धरौटीमा १५ लाख सम्म कर्जा प्रवाह गर्दै आईरहेको बताईन । सहकारीले सदस्यहरुलाई व्यवसायीक रुपमा कृषिमा आवद्ध गराउन र उनिहरुलाई कृषिमार्फत नै रोजगार बनाउन सहुलियत ब्याजमा कर्जा प्रवाह गर्ने लक्ष्य राखेको बताईन ।

शनिबार एक कार्यक्रमका बिच कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको उक्त संस्थाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष विक्रम विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्य प्रकाश बहादुर बम रहेका थिए भने विशिष्ठ अतिथिमा जिल्ला सहकारी बैंक का प्रबन्धक कृष्ण बहादुर रावल रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष विश्वकर्माले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक नन्दराज भट्टले प्रस्तुत गरेका थिए । यसैगरी संस्थाको आर्थिक तथा प्रगती प्रतिवेदन संस्थाकी प्रबन्धक सक्रान्ती भट्टले प्रस्तुत गरेकी थिईन । संस्थाकी ऋण लगानी उपसमिति संयोजक कुन्ती देवी पाण्डेयले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव भागरथी कुमारी बडुले गरेकी थिईन ।