खाेज्नुहाेस

जननौलोको आठौ वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरमा रहेको जननौलो बिहानी कृषि सहकारी संस्थाको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष खड्क सिँ ओलीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी बैंक धनगढीका प्रमुख कृष्ण बहादुर रावल रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जग्गुराम चौधरी र वडा नं. ७ की वडाध्यक्ष कलावती साउँद रहेकी थिईन ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन लेखा समिति संयोजक पदम साउँदले प्रस्तुत गरेका थिए भने प्रस्तावित बजेट र निति तथा कार्यक्रम व्यवस्थापक राज बहादुर शाहले प्रस्तुत गरेका थिए । यसैगरी संस्थाको वार्षिक प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष ओलीले प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म जम्मा ४ करोड ८९ लाख ५६ हजार ८८ रुपैयाको कारोबार गरेको छ भने त्यसमार्फत संस्थाले १८ लाख ७४ हजार ७४० रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।

२०७१ साल पुष महिनामा २६ जना शेयरसदस्यहरु र ३ लाख ९० हजार शेयरपुजिँबाट स्थापना भएको संस्थामा हाल ९ सय ९९ जना शेयरसदस्य र ४४ लाख ६८ हजार ४०० शेयरपुजिँ रहेको छ । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शेयरसदस्यहरुलाई सम्मानित गरिएको थियो ।