खाेज्नुहाेस

क्रोएसियालाई हराउँदै अर्जेन्टिना पुग्यो विश्वकपको फाइनलमा

Image

कतारमा जारी फिफा विश्वकपको पहिलो सेमीफाइनल खेलमा ३-० को जित निकाल्दै अर्जेन्टिना फाइनल पुगेको छ। पहिलो हाफ अन्त्य नसकिँदै दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले क्रोएसियाविरुद्ध सहज जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

कतारको लुसेल रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा गोल गरेका थिए।

attariya hospital
navjiwan hospital

त्यसपछि अल्वारेजले दुई गोल गरे। पहिलो हाफमा मेस्सीले गोल गरेको पाँच मिनेट नबित्दै अल्वारेजले गोल गरेपछि अर्जेन्टिनालेले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको हो।दोस्रो हाफमा उसले एक गोल थप्यो। खेलको ६८ औं मिनेटमा मेस्सीले नै दिएको पासमा अल्वारेजले पोस्टको अगाडिबाट गोल गरेका थिए। त्यो गोलसँगै साविक उपविजेता क्रोएसिया तीन गोेलले पछि परेको थियो।

पहिलो हाफमा ६१ प्रतिसत समय बल नियन्त्रणमा लिएको क्रोएसियाले भने अर्जेन्टिनाको पोस्टतर्फ दुई पटक मात्र प्रहार गर्न सकेको थियो। यता ९ पटक अट्याकको प्रयास गरेको अर्जेन्टिनाले भने सात पटक विपक्षिको पोस्टको सही दिशामा प्रहार गरेको थियो।

यो जितसँगै अर्जेन्टिना छैटौं पटक विश्वकप फाइनलमा पुगेको थियो। यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग हार बेहोरेपछि अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन।

सन् २०१८ को रसिया विश्वकपमा भने अर्जेन्टिना फाइनल पुग्न सकेन। अघिल्लो वर्ष ब्राजिलमै सम्पन्न भएको कोपा अमेरिकामा चाहिँ आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो।