खाेज्नुहाेस

बेरोजगारको सङ्ख्या वृद्धि

Image

प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या बढेको छ । गत वर्षभन्दा यस वर्ष सो कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या एक लाख ३३ हजार बढेको हो ।

navjiwan hospital

प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार गत आर्थिक वर्षको सात महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सात लाख आठ हजार २४५ जना युवा दर्ता भएकोमा चालू आर्थिक वर्षको अहिलेसम्म यो सङ्ख्या बढेर आठ लाख ४१ हजार ५०३ पुगेको हो ।

attariya hospital

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय संयोजक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा सूचीकृत हुने बेरोजगारको सङ्ख्या बढेको बताए ।