खाेज्नुहाेस

‘सहकारीमा आबद्ध सदस्यलाई उत्पादनसँग जोडौं : मन्त्री चौधरी

Image
सहकारीको नवनिर्मित भवन उदघाटन गर्दै मन्त्री चौधरी

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले सहकारीमा आबद्ध सबै सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्ने बताएकी छिन ।

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित कलश महिला कृषि सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको बुधबार आयोजित उद्घाटन कार्यक्रममा उनले सहकारीले कृषिमा लगानी गरी उत्पादन बढाई आबद्ध सदस्यलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताईन् ।
सहकारी अर्थतन्त्रको बलियो खम्बा भएको चर्चा गर्दै उनले प्रदेश सरकारले जनताको माग र आवश्यकताका आधारमा सहकारीमा लगानी गरिएको बताईन ।

attariya hospital

‘स्थानीय सरकारसँग सहकार्य गरी सहकारीको उत्थानका लागि कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भनीन् ‘सहकारीमार्फत आर्थिक रुपमा विपन्न समुदायलाई व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन गरिएका छन् ।’ सहकारीमार्फत रोजगारी सृजना गरी जानुपर्छ भन्ने सरकारको लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको उनको भनाई थियो ।

‘प्राकृतिक प्रकोप जानकारी दिएर आउँदैन’, उनले भनीन्, ‘त्यसैले सहकारीबाट कर्जा लिई व्यावसायिक कृषिमा संलग्न कृषकले अनिर्वाय रुपमा कृषि बीमा गराउनुपर्छ, बीमा गरिए सम्भावित जोखिमबाट बच्न सकिन्छ ।’

navjiwan hospital

बीउ उत्पादनमा सुदूरपश्चिम प्रदेश देशमै दोस्रो स्थानमा रहेको उल्लेख गर्दै उनले यहाँ उत्पादित बीउ बाह्य जिल्लामा निर्यात भइरहेको बताईन् । सहकारीले बीउ उत्पादन र बजारमा पु¥याउनका लागि अहम् भूमिका खेलेको उनले बताईन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले सहकारीले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिई बेलडाँडीलाई कृषि पर्यटन गाउँका रुपमा विकास गरिनुपर्ने बताए ।

नगरप्रमुख रणबहादुर महराले कृषि उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाले कृषि विज्ञ नियुक्त गरी सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउनका लागि छलफल गरिरहेको बताए ।

शुक्लाफाँटा–८ बेलडाँडीस्थित कलश महिला कृषि सहकारी संस्था लिमिटेडको रु ३४ लाख ५० हजारको लागतमा कार्यालय भवन निर्माण गरिएको छ ।

सहकारीका अध्यक्ष मीना डगौराका अनुसार कृषि ज्ञान केन्द्रको रु ३० लाख अनुदान र सहकारीको रु चार लाख ५० हजारको लागतमा सहकारी भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा सभा हलसहित दुई कार्यालय कक्ष, दुई शौचालय निर्माण गरिएका छन् ।

रासस