खाेज्नुहाेस

डा. केसी र सरकारबीच सहमति, अनशन तोड्दै

Image

विभिन्न ७ बुँदे माग राखी आमरण अनशनमा बसेका ड गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको हो । सहमति भएसँगै डा केसीले अनशन तोड्ने भएका छन् ।

navjiwan hospital

कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।

attariya hospital

वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन भएका थिए । अहिले दुवै वार्ता टोली शिक्षण अस्पताल पुगेका छन् ।

डा केसीको तर्फबाट वार्तामा बसेका प्रीतम सुवेदीले भने, ‘सहमति भएको छ । अहिले टिचिङ हस्पिटलमा छौँ । डा केसीले ७ः३० बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।’