खाेज्नुहाेस

बेलौरीका १७६ किसानलाई कृषि औजार वितरण 

Image

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको छ । मंगलबार बेलौरी नगरपालिकाको कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा पालिकाभित्रका किसानहरुलाई १७६ थान कृषि मेसिनरी औजार वितरण गरेको हो ।

navjiwan hospital

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत ८४ लाख ४४ हजार रुपैयाँको मेसिनरी औजार खरिद गरिएको शाखाले जनाएको छ । जसमा ५० प्रतिशत रकम कृषि शाखा र ५० प्रतिशत कृषकको रकम रहेको छ । 

attariya hospital

कृषि शाखाले दिएको विवरण अनुसार पालिका भित्रका कृषक तथा कृषि समूहलाई  २ एच.पी.का ९२ थान मोटर, १७ थान पम्पसेट, ९ एच.पी.का १० थान मिनी टिलर, ५ थान रोटाभेटर, १० थान कल्टिभेटर, २२ एच.पी.का १० थान पावर टिलर, २ थान सुगरकेन मल्चर, २ थान राजाहल, २ थान रिपर, २ थान कम्बाइन मिल, ५ थान चारचक्के पावर टिलर, ९ थान उखु लगाउने रेजर,१ थान ल्यान्ड लेभलर, ९ थान तथा ३ थान पावर स्प्रेयर ५ थान ट्रेन्चर गरीएको छ  ।

किसानको उत्पादन लागत घटाई कृषि उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी तथा औजार वितरण गरिएको बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले बताए।