खाेज्नुहाेस

सुनको मुल्य घट्यो

Image
file photo

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

navjiwan hospital

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

attariya hospital

आज तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार १४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।