खाेज्नुहाेस

तोलामा ७ सयले घट्यो सुनको मुल्य

Image
file photo

नेपाली बजारमा सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

navjiwan hospital

छापावाल सुनको आज नेपाली बजारमा ९२ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ प्रतितोला १ हजार १७५ रुपेयाँ तोकिएको छ ।

attariya hospital

हिजो सुन १०० रुपैयाँले घटेर छापावाल ९३ हजार ५०० रुपैयाँ तथा तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७०४ डलर तथा चाँदी प्रतिऔंस १९ दशमलव ३३ डलर हाराहारीमा कारोबार भैरहेका छ ।