खाेज्नुहाेस

उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा द्धिजराज भट्ट विजयी

Image

डडेल्धुरा – डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा द्धिजराज भट्ट विजयी भएका छन् । निकटमत् प्रतिद्वन्द्वी भोजराज भट्टलाई ९५ मतले हराउँदै द्धिजराज अध्यक्षमा निर्वाचित भएका हुन् ।

नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको थियो । आइतबार बिहान सकिएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित द्धिजराजले ५ सय ७७ मत ल्याउँदा भोजराजले ४ सय ८२ मत पाएका छन् ।

attariya hospital

यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक महता विजयी भएका छन् । उनले ६११ मत पाउँदा निकटमत् प्रतिद्वन्द्वी लालमणी पन्तले ३९९ मत ल्याए। संघको वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी  विजयी भएका छन् ।

अवस्थीले ६११ मत पाउँदा उनका प्रतिस्पर्धी महादेव भट्टले ३६३ मत ल्याएका छन् । महासचिवमा विष्णुराज जोशीले विजयी भएका छन् ।

navjiwan hospital

जोशीले ६४४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी दिनेशप्रसाद पनेरुले ३६९ मत पाएका छन्। सचिव महिलामा मीना फुलारा निर्वाचित भएकी छन् ।

उनी ६५७ मत ल्याउँदै विजयी भएकी हुन् । फुलाराकी प्रतिस्पधी लक्ष्मी ऐरले ३३४ मत मात्रै पाइन् । निर्वाचनमार्फत् ७ जना सदस्य पनि निर्वाचित भएका छन् ।

हरिप्रसाद उप्रेतीले ७०६ मत, सीताराम पाण्डेयले ६९६, धर्मदेव पाण्डेयले ६७६, मोहनबहादुर देउवाले ६७२, धनबहादुर ठकुराठीले ६५१, लोकराज पाण्डेयले ६३५ र टेकबहादुर ओझा ‘भुवन’ले ६१७ मत ल्याउँदै सदस्यमा निर्वाचित भएका हुन् । सदस्यका लागि ९ जनाले चुनाव लडेका थिए ।

सुनिल घिमिरेले ६१३ र गणेशसिंह साँकीले ५३५ मत पाएर पराजित भए । निर्वाचनमा कुल एक हजार ८८ मत खसेको थियो ।