खाेज्नुहाेस

चट्याङ लागेर खेतमा काम गरिरहेका तीन महिलाको मृत्यु

Image

रौतहट – रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ। खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेको हो।

navjiwan hospital

मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिए। सुदनिया र जगिया एउटै परिवारका हुन्।

attariya hospital

चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छन्। यसैबीच गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले जानकारी दिए।

रासस