खाेज्नुहाेस

तीजमा राष्ट्रपतिको सन्देश : चाडपर्व भड्किला नबनाऔँ

Image

राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध थप सुमधुर बनाउने विश्वास व्यक्त गरेकी छिन्। तीजको अवसरमा देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीलाई शुभकामना दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई सशक्त रूपमा अघि बढाउने बताएकी हुन्।

navjiwan hospital

राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गरेकी छिन्। उनलेतीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने धारणा राखेकी छिन्।

attariya hospital

‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु’, उनको सन्देशमा उल्लेख छ।

उनले तीजजस्ता चाडपर्व भड्किलो बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेकी छिन्। चाडतीज जस्ता पर्व मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बनेको छ’, उनले भनेकी छिन्,‘हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको जगेर्ना गर्ने तथा विकृति र विसङगति न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु।’