अत्तरिया – आज विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।


वातावरण दिव मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।
वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसूस गरी सम्मेलनको १ वर्ष पछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा अत्तरियमा पनि आज वृक्षारोपण कायएक्रमको आयोजना गरिएको छ । गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको शान्ति पार्कमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मन्त्री मानबहादुर धामीको प्रमुख अतिथ्यमा बिहान वृक्षारोपण कार्यक्रम राखिएको छ ।



















