खाेज्नुहाेस

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

Image

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ ।

navjiwan hospital

केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका विश्वकर्माको ७२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ । विश्वकर्मा लामो समयदेखि राजनीति र दलित समु्दायका अधिकारका लागि सक्रिय व्यक्तित्व हुन् ।

attariya hospital

विश्वकर्माले राजनीति, समाजसेवासंगै दलित समुदायका शिप कला सम्बन्धि शिल्पी समुदायका कला पुस्तक लेखन गरेका छन् । विश्वकर्माले लामो समयदेखि दलित अधिकार, सामाजिक न्याय र समावेशी समाज निर्माणका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए। उहाँको ‘शिल्पी समुदायको इतिहास’ पुस्तक दलित समुदायको इतिहास र पहिचानसम्बन्धी महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा परिचित छ।