खाेज्नुहाेस

छुवाछुत अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति

Image

काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई आग्रह गरेकी छिन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी राष्ट्रपति भण्डारीले पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछुत अझै अन्त्य हुन नसकेको बताएकी छिन्।

attariya hospital
navjiwan hospital

‘जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क हो’, उनले भनेकी छिन्, ‘यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो।’ यसको अन्त्यका लागि तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज‚ सामाजिक संघसंस्था र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनले बताएकी छिन्।

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने उनको विश्वास छ।

२०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। त्यसैको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’मनाइन्छ।