स्याङजा – स्याङजाको वालिङमा जीप दुर्घटना हुँदा एक बालकसहित पाँचजनाको मृत्यु भएको छ। मृतक पाँचैजनाको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालक सहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।वालिङ नगरपालिका–१२ स्थित माथिल्लो डाँडाखर्कमा ग१ज ७३९९ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो।

बाटो खाल्डाखुल्डी भएकाले जीप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अस्थायी ट्राफिक पोस्ट वालिङका असई कुलबहादुर अधिकारीले बताए। जीप सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको उनको भनाइ छ।
















