अत्तरिया – सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । रामनवमीको अवसरमा गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ

चैत्र शुक्ल पक्षको नवमी तिथीमा पर्ने रामनवमी पर्व श्रद्धापूर्वक पूजाआजा गरि मनाइँन्छ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ ।

यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ ।


















