खाेज्नुहाेस

पल शाहलाई नवलपुर लगियो

Image

काठमाडौं – नाबालिकलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका पल शाह (पूर्णविक्रम शाह) लाई तनहुँ कारागारबाट नवलपुर लगिएको छ । नवलपुरमा समेत परेको बलात्कारको उजुरी घटनामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको हो ।

navjiwan hospital

शाहविरुद्ध एक नाबालिकले तनहुँ र नवलपुरमा बलात्कार उजुरी दर्ता गराएकी थिइन् । तनहुँ अदालत बलात्कार घटनामा शाहलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ । नवलपुर घटनाको भने थुनछेक बहसनै भएको थिएन ।

attariya hospital

शाहले भने तनुहँ जिल्ला अदालतको आदेश बदर माग गर्दै साधारण तारेखमा रिहाको माग गर्दै उच्च अदालत कास्कीमा रिट दायर गरेका छन् । उक्त रिटको सुनुवाइ हुन बाँकी नै छ ।