काठमाडौं – युट्युव मार्फत संचालन हुने शोका लागि राजेश हमाल सातै प्रदेशको भ्रमण गर्ने भएका छन । ‘ट्राभल विथ राजेश हमाल’ नाम दिइएको उक्त शोको उद्देश्य सातै प्रदेशको पर्यटन प्रवर्द्धन गर्नु हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हमालले बनाउन लागेको यो कार्यक्रमका लागि उनी सातवटै प्रदेशमा रहेका मुख्य पर्यटकीय थलो पुग्नेछन् । आगामी साता हमालले मन्त्रालयसँग यसबारे सम्झौता गर्ने तयारी छ ।

युट्युबको प्रयोगलाई लिएर अहिले व्यपाक बहस भइरहेको बेला हमालले यो प्लेटफर्मलाई सिर्जनात्मक तुल्याउने खालका कार्यक्रम ल्याउन लागेको बताएका थिए ।
यस्तै उनले भ्वाइस फर युथ कार्यक्रमको लागि भारतीय आध्यात्मिक गुरु सद्गुरुसँग अन्तर्वार्ता लिन हमाल वैशाखमै भारत जाने तयारीमा छन् । सद्गुरुको इशा फाउन्डेसनले टक शोका लागि पत्राचार समेत गरिसकेको छ । यसैगरी होम प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण तथा निर्देशनको तयारी पनि थालेका छन् ।

















