खाेज्नुहाेस

स्थानीय चुनावका लागि २ करोड मतपत्र छापिने

Image

काठमाण्डौं – आगामी स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरी यस सम्बन्धी जानकारी दिएको हो । स्थानीय चुनावका लागि दुई करोड मतपत्र छाप्ने तयारी भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

‘स्थानीय तह निर्वाचनका लागि करीब एक करोड ७७ लाख मतदाता छन्,’ अर्यालले भने, ‘मतदाताका अतिरिक्त १५ प्रतिशत जति थप मतपत्र छाप्नुपर्ने हुन्छ ।’

attariya hospital
navjiwan hospital

मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रसँग कुराकानी भइरहेको उनले बताए । यसमा बोलकबोल हुन बाँकी रहेकाले कति खर्च लाग्ने भन्ने यकिन नभएको उनको भनाइ छ ।

आयोगले १३ चैतमा मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसपछि मतपत्र छपाइका लागि प्रक्रिया अघि बढाइने उनले बताए ।