खाेज्नुहाेस

आज ५७ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाईदै

Image

अत्तरिया – आज २१ मार्च अर्थात् अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशैभर मनाईदै छ ।

navjiwan hospital

संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिदै छन ।

attariya hospital

नेपाललाई विस २०६२ / ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।