जसपा नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत ‘पिर’ मा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन्।
आफू पनि ‘जनयुद्ध’को एक अगुवा हुनुको नाताले उक्त गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराई बताउँछन्।गीतले ‘जनयुद्ध’ को विरोध नगरेको भट्टराईको भनाइ छ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु- त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन,’ ट्वीट गर्दै बाबुरामले भनेका छन्।

गीतले अपूर्ण क्रान्तिका पीडा दर्शाएको पनि उनले उल्लेख गरेका छन्।
‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ, त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो,’ उनले भनेका छन्, ‘गीतका सर्जकलाई किन धम्काउने?’
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी लगायतले भने प्रकाश सपुतको उक्त गीत युट्युवबाट हटाउनुपर्ने बताइरहेका छन्।
भिडियो

















