खाेज्नुहाेस

देशभरका शिक्षालय फागुन १ गतेदेखि खोल्न सिसिएमसिलाई सुझाव

Image

काठमाडौं – कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ ।

शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।

attariya hospital
navjiwan hospital

सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायतको सहभागिता थियो ।

नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आधारमा आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सिसिएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ । यही माघ २५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ ।

काठमाडौँलगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले यही माघ मसान्तसम्म शिक्षालयलगायत सेवा बन्दको आदेश जारी गरेका छन् तर गोकर्णेश्वरलगायत नगरपालिकामा आफुखुशी विद्यालय खोल्न थालिएको छ ।