खाेज्नुहाेस

कालीकोटबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना, ३५ जना घाइते

Image

अत्तरिया – कालीकोटबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन । बस बिहिबार बिहान बर्दियाको बाँसगढी नगरपालिका–३ मा दुर्घटनामा परेको हो ।

navjiwan hospital

बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोे छ । कालीकोटको त्रिवेणी गाउँपालिका–६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका–७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

attariya hospital

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र, सामान्य घाइते भएका अन्यको स्थानीय कौशिल्या अस्पतालमा उपचार भइरहेको छ ।