खाेज्नुहाेस

बञ्चरो प्रहार गरी छोराको हत्या

Image

जनकपुरधाम – सिरहामा बुवाले बञ्चरो प्रहार गरी छोराको हत्‍या गरेका छन् । जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा–२ बस्ने ६० वर्षीय सोनाई सदाले बञ्चरो प्रहार गर्दा उनका ३० वर्षीय छोरा प्रमेश्वर सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक पवन झाले बताए ।

navjiwan hospital

प्रहरी निरीक्षक झाका अनुसार घरायसी विवादमा सोनाईले आफ्नै छोरामाथि बञ्चरो प्रहार गरेका हुन् । रक्सी पिएर सोनाईले बञ्चरो चलाएको देखिएको निमित्त प्रवक्ता झाले बताए ।

attariya hospital

छोरामाथि बञ्चरो प्रहार गर्ने सोनाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।