खाेज्नुहाेस

एकैदिन ४,६३६ जनामा कोरोना संक्रमण

Image

काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ एन्टिजेन परीक्षणमा ९ सय ३३ जना गरी ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएको हो ।

navjiwan hospital

मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

attariya hospital

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५ सय ३६ जना होम आइसोलेसनमा र १ हजार ४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।

अस्पतालमा रहेकामध्ये १ सय १९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६ सय १७ जनाले ज्यान गुमाएका छन् ।