अत्तरिया – डोटीको जोरायल गाउँपालिका – ४ बबस्तीका ३३ बर्षिय बिक्रम थापा हराएको ५ दिन पछि फेला परेका छन। पुस २३ गते घरबाट निस्केका थापा ५ दिन पछि सम्पर्कमा आएका हुन ।
बिक्रमका बुवा सुन्लाल थापाले बिक्रम डोटीको मेलखर्कबाट फेला परेको बताएका छन ।


उनले सुस्तमनस्थिति भएका बिक्रमलाई उपचारका लागि धनगढी ल्याउन लागेको बताएका छन ।
छोरा हराएपछी थापाले सामाजिक संजाल मार्फत खोजीमा सहयोग गरिदिन अपिल गरेका थिए भने अत्तरिया अनलाइनले पनि समाचार प्रकाशित गरेको थियो ।












