खाेज्नुहाेस

बाहुबलीका ‘कटप्पा’ कोरोना संक्रमित

Image

काठमाडौं – दक्षिण भारतका चर्चित अभिनेता सत्यराज (कटप्पा) कोरोनाबाट संक्रमित भएका छन् ।

उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ६७ वर्षीय सत्यराज चलचित्र बाहुबलीका सिरिजमा ‘कटप्पा’को भूमिकामा छन् ।

attariya hospital
navjiwan hospital

यही अभिनयबाट उनी चर्चित बनेका थिए । सामाजिक सन्जालमा उनका प्रशंसकहरुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार कोरोना संक्रमणका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको हो । स्वास्थ्य परीक्षण रिपोर्ट सुरुमा पोजेटिभ देखिनासाथ उनी घरमै क्वारेन्टिनमा थिए ।

तमिलनाडुको कोयंबटुरमा बस्ने सत्यराजको वास्तविक नाम भने रंगराज सुब्बैया गौडर हो । सत्यराज उनको पेशेवर नाम हो ।