खाेज्नुहाेस

चलचित्र ‘लाली बजार’को प्रदर्शनमा रोक

Image

उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लाली बजार’को प्रदर्शनमा रोक लगाएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मंगलबार चलचित्र प्रदर्शन नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

चलचित्र ‘लाली बजार’ वैशाख १८ गते (शुक्रबार)देखि प्रदर्शनमा आउने तयारीमा थियो । रोशनी नेपालीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

attariya hospital
navjiwan hospital

वैशाख २२ गते अर्को पेशी तोकिएकाले त्यतिन्जेलसम्मका लागि चलचित्र प्रदर्शनमा अदालतले रोक लगाइएको हो ।

यम थापाद्वारा निर्देशित चलचित्र ‘लाली बजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायतको अभिनय छ ।

बादी समुदायका महिलाको कथामा आधारित चलचित्रको पक्ष र विपक्षमा बहस भइरहेको छ।