अत्तरिया – शुक्रबार देखि सुरु भएर शनिबार सकिने भनिएको नेकपा एमालेको जिल्ला अधिवेशन लम्बिएको छ । अधिवेशनमा जिल्ला नेतृत्व लगायतका पदाधिकारीमा सहमति जुट्न नसक्दा आईतबार सम्म लम्बिएको अधिवेशन आईतबार पनि विवाद हुँदा अधिवेशन लम्बिएको हो ।
शनिबार सहमति नजुट्दा प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर निर्वाचन प्रक्रिया अगाडी बढाएका थिए । जसअनुसार शनिबार उम्मेदवारी दर्ता गरिएको थियो । निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावलि शनिबार प्रकाशित गर्ने भनिएपनि आईतबार बिहान मात्रै सार्वजनिक गरिएको थियो ।

शनिबार प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आईतबार बिहान निर्वाचन हुने भनिएको थियो । पछि तयारी नपुगेको भन्दै ढिलाई भएएपछि विवाद बढेको थियो । निर्वाचनमा ढिलाई भएपछि प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि झडपको अवस्था समेत श्रिजना भएको थियो ।
पछि विवाद बढ्दै गएप्छि प्रहरी परिचालन गरेर अवस्था सामान्य पारिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले विवाद चर्किन अवस्था देखिएपछि थप प्रहरी परिचालन गरेर अवस्था नियन्त्रणमा लिएको बताए । उनले अभिवेशन स्थलमा २५ जना प्रहरी परिचालन गरिएको बताए ।
निर्वाचन स्थलमा विवाद भएपछि निर्वाचन समितिले पुनः शुरक्षा र बर्षाको कारण देखाउँदै सोमबार बिहान सम्मका लागि निर्वाचनका कार्यक्रम स्थगित गरेको छ । प्रमुख निर्वाचन अधिकृत तिमिल्सेनाले आज बिहान ८ बजेका लागि निर्वाचन हुने गरी कार्यतालिका संसोधन गरिएको बताए ।

१५० पदका लागी ३२९ जनाको उम्मेदवारी
निर्वाचन समितिले आइतबार बिहान सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार जिल्लामा १५० पदका लागी ३२९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
जिल्लामा अध्यक्षका लागी वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ । यस्तै सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ भने उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।
१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी परेको छ । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना तथा ४ र ५ बाट ३०÷३० जनाले उम्मेदवारी दर्ता गरेका छन ।
यस्तै जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ भने राना थारुतर्फ ८ जनाको पदमा १५ जना, पेसागत खुल्ला तर्फ १ पदमा २ जना, दलिततर्फ ८ पदमा १७ जना र महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ ।
नामावली अनुसार नै अपाङ्गतर्फ १ पदमा ३ जनाको र अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको भएको छ ।
एमाले अधिवेशनमा ४८ जना भने निर्विरोध निर्वाचित भएका छन । निर्विरोध निर्वाचित भएका मध्ये खुल्ला महिला तर्फ १२ जना, ५ ओटै निर्वाचन क्षेत्रका भुगोल महिला तर्फ ५/५ जनाका दरले २५ जना, जनाजातीतर्फ २ जना, रानाथारु तर्फ ५ महिला, मजदुरतर्फ महिला र पुरुष गरी ३ जना तथा पेशागत खुल्ला तर्फ १ पदमा महिला निर्विरोध निर्वाचित भएका छन ।
















