खाेज्नुहाेस

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका ३ नाकाबाट भित्रिएका १२५ जनामा कोरोना पुष्टि

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका ३ नाकाबाट पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३२ जना नेपाल भित्रिएका छन । कैलालीको गौरीफन्टा नाकाबाट ९ सय ८०, कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७ सय १७ जना र बैतडीको झुुलाघाट नाकाबाट ३५ जना नेपाल भित्रिएका हुन ।

स्वास्थ्य निर्देशनालका अनुसार नेपाल भित्रिएका मध्ये १ हजार ३ सय ४३ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको छ । जसमा गड्डाचौकी नाकाबाट भित्रिएका ७ सय १७ जनाको कोरोना परिक्षण गर्दा ४५, गौरीफन्टा नाकाबाट भित्रिएका ५ सय ९१ जनाको कोरोना परिक्षण गर्दा ७८ र झुलाघाट नाकाबाट भित्रिएका ३५ जनाको कोरोना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital
navjiwan hospital

पछिल्लो सयम भारतमा कोरोना संक्रमण बढेसंगै सुदूरपश्चिमका बिभिन्न नाकाबाट नेपाल आउने संख्यामा बृद्धि भएको छ भने संक्रमित देखिने क्रम पनि बढेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पातालमा मात्रै कोरोना परिक्षण गरिएको छ । अस्पतालमा ३६ नमूनाको मात्रै कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय १० पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित निको भएका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार १ सय ९२ पुगेको छ ।