महेन्द्रनगर – अखिल नेपाल फुटबल सङ्घ ’एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा कञ्चन समाज र आदर्श नेपालले बिजय सुरुवात गरेको छ ।
शुक्रबार भएको दोस्रो दिन भएको पहिलो खेल रोयल गोर्खाज युथ सर्कलले कञ्चन रोयल लाई ५–१ गोलको अन्तरले हराउदै आफ्नो पहिलो बिजय सुरुवात गरेको छ । उक्त खेलको म्यान अफ दि म्याच कञ्चन समाजका जर्सी नम्बर १० का योगेन्द्र शाहु घोषित भएका छन् ।


निङ्गलाशैनी समाज र त्रीपुरा समाज बिच भएको दोस्रो खेलमा ३–३ गोलको बराबरी खेल्दै समान अंक बाडेका छन् । सो खेलको म्यान अफ् दि म्याच निङ्गलाशैनीका जर्सी नम्बर ७ का प्रवेश तामाङ घोषित भए ।
दोस्रो दिनको अन्तिम खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल बिच भएको थियो । जसमा आदर्श नेपाले ३–० गोलको अन्तरले महेन्द्रनगर युनाइटेड लाई हराउँदै पहिलो जित निकालेको छ ।
तेस्रो खेलको म्यान अफ दि म्याच आदर्श नेपालका जर्सी ७ किसन चौधरीले घोषित भएका लिग संयोजक चन्द्र सिंह थलालले बताए । तिनै खेलका म्यान अफ दि म्याच घोषित भएका खेलाडी लाई ११ सय नगद पुरस्कार हात पारेका छन् ।
प्रतियोगिता अन्तरगत आज दुई खेल हुने छन् । पहिलो खेल सेक्युर्ड नेपाल र राम युवा क्लब बिच दिउँसो १२ बजे र दोस्रो खेल अरनिको युवा क्लब र यूथ क्लब अफ महाकाली बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा हुने लिग संयोजक थलालले जानकारी दिएका छन ।















