खाेज्नुहाेस

गोदावरीमा शिक्षाका समस्या उस्तै रहेको गुनासो

Image

अत्तरिया – माध्यमिक तहसम्मको शिक्षालाई स्थानिय तह मातहत ल्याइएपछि पनि समस्या उस्तै रहेको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन । बिहिबार मानव अधिकार समुह गोदावरी र इन्सेक कैलालीले गोदावरी नगरपालिका – ८ मा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले सो कुरा औल्याएका हुन ।

सहभागीले स्थानिय सरकार मातहतमा शिक्षा आएपनि शिक्षक विद्यार्थी अनुपात मिलान गर्न नसकिएको, शिक्षामा राजनीति बढेको, पर्याप्त पुर्वाधार विकास हुन नसकेको गुनासो गरेका थिए ।

attariya hospital

समैजी मावि मजगाउँका प्रधानाध्यापक केशवराज बिनाडीले विद्यालयमा दरबन्दी अनुसारका शिक्षक पदपुर्ती गर्ने काम अझै हुन नसकेको बताए । उनले विद्यालयमा १२ सय विद्यार्थी भएपनि हाल विद्यालयमा ७ जना दरबन्दीका र ३ जना राहतका शिक्षक मात्रै कार्यरत रहेको बताए ।

‘अहिले हरेक कक्षामा १ सेक्सन छन । त्यसका लागि राज्यबाट पाएका शिक्षकले मात्रै पुग्दैन’ उनले भने ‘थप १५ जना शिक्षक निजी श्रोटबाट राख्नपर्ने बाध्यता छ । तर, तिनको तलब कहाँबाट खुवाउने भन्ने चिन्ता छ ।’ उनले पछिल्लो समय नगरपालिकाले नगर शिक्षक राख्ने भनेकाले त्यसले केही राहत दिनेमा आफू आशाबादी रहेको बताए ।

उनले विद्यालयका समस्या नगर र वडाले मात्रै समाधान गर्न नसकेको बताए । उनले स्थानिय तहमा नेताका पछि दगुर्ने प्रवृति बढेकाले शिक्षामा सुधार आउन नसकेको बताए । ‘यहाँ काम गर्नेको पनि उत्तिकै भ्यालु छ, नगर्नेको पनि उत्तिकै भ्यालु छ । नेताका पछि दगुर्ने, जि हाजिरी गर्नेको बढी मान्यता हुने गरको छ’ उनले भने ‘जो शिक्षण पेसालाई मर्यादित बनाएर अगाडी बढाउँछ उसको कुरै नसुनिने समस्या बढेको छ ।’

उनले चाकरी भन्दा पनि सिकाई उपलब्धिका आधारमा शिक्षकको मुल्याङ्कन हुनुपर्ने बताए । चण्डेश्वरी आधारभूत विद्यालयका शिक्षक ओम प्रकाश कार्कीले आफ्नो विद्यालयमा कक्षा कोठा अनुसारका शिक्षक पनि नभएको बताए ।

navjiwan hospital

उनले ८ कक्षा सम्म अध्यापन हुने भएपनि ७ जना मात्रै शिक्षक रहेको बताए । ‘विद्यालयमा ४ सय ६० विद्यार्थी भएपनि प्रति कक्षा पुग्ने गरि शिक्षक नै छैनन्’ उनले भने ‘विद्यालयमा भौतिक संरचनाको पनि अभाव रहेको छ ।’

उनले विद्यार्थी पनि नियमित कक्षामा उपस्थित गराउन समस्या नभएको बताए । ‘अहिले पनि धेरै विद्यार्थी बर्खा विदा हुने समयमा भारत जाने र फागुन चैत महिनामा परीक्षा दिन नेपाल आउने गरेका छन’ उनले भने ‘यस क्षेत्रमा अविभावकलाई पनि सचेत गराउन आवश्यक छ ।’

दुर्गा भवानी मावीकी शिक्षिका अमृता कुमारी चौधरीले विद्यालयमा प्राथमिक उपचारको व्यवस्था नहुँदा समस्या भएको बताइन् । उनले विद्यालयमा बिभिन्न खेलकुदका कार्यक्रम गरिने भएकाले विद्यार्थीहरुलाई चोटपटक लाग्ने गरेको भएपनि उपचारको व्यवस्था नहुँदा समस्या भएको बताइन् ।

उनले विद्यालयमा फर्निचरको पनि अभाव रहेको, विद्यार्थी पढ्दापढ्दै भारत जाने समस्या रहेको बताइन् । यस्तै कार्यक्रममा सहभागि वक्ताहरुले गोदावरीको वडा नम्बर ७ र ८ मा भएका स्वास्थ्यका समस्याका बारेमा अवगत गराएका थिए ।

शिक्षा र स्वास्थ्यको अधिकार सम्बन्धि भएको अन्तरक्रिया कार्यक्रममा सहभागिका प्रश्नको जवाफ दिदै कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष नरेश अधिकारीले नगरपालिका अत्तरिया बजार केन्द्रित भएकाले ग्रामिण भेगका समस्या समाधान हुन नसकेको बताए ।

उनले वडामा सिमित श्रोत साधन हुने र नगरपालिकाले ग्रामिण भेगका समस्यालाई नहेरिदिदाँ समस्या समाधान हुन नसकेको बताए । उनले शिक्षा र स्वास्थ्यलाई संघिय सरकार मातहतमै राखिएको भए समस्या सामाधान गर्न सहज हुने धारण राखेका थिए ।

मानव अधिकार समुह गोदावरीका संयोजक नरदीप धामीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कैलालीका सहजकर्ता दिपक नेपालीले गरेका थिए ।