खाेज्नुहाेस

कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगितामा दिपज्योतीको विजय सुरुवात

Image

बिकाश सिंह महता/कञ्चनपुर – अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता–२०७८ उद्घाटन खेलमा दिपज्यातीले विजय सुरुवात गरेको छ । दिपज्यातीले द ग्यालेक्सी युथ क्लबलाई ३– ० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

दिपज्योतिले खेलको पहिलो हाफमा २ गोलको अग्रता कायम राखेको थियो भने दोस्रो हाफमा पुनः १ गोल गर्दै द ग्यालेक्सी युथ क्लब लाई ०–३ गोलको अन्तरले हराउदै लिगमा सुखद विजय सुरुवात गरेको छ ।

attariya hospital

प्रतियोगितामा म्यान अफ दि म्याच दिपज्योती युवा क्लबका टिम क्याप्टेन करन पाल घोषित हुँदै नगद ११ सय हात पारेको लिग संयोजक चन्द्र सिंह थलालले बताए ।

navjiwan hospital

उनका अनुसार जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आबद्ध क्लब मध्य १२ क्लबले सहभागिता जनाएको र दोस्रो दिनको पहिलो खेल कञ्चन समाज र रोयल गिर्खाज युथ सर्कल बिच बिहान १० बजे, दोस्रो खेल निङ्गलाशैनी समाज र त्रीपुरा समाज बिच दिउँसो १ बजे र तेस्रो खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ ।

यसअघि लिग फुटबल प्रतियोगिताको एक भब्य कार्यक्रमका बिच उद्धघाटन गरिएको थियो । कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश प्रसाद भट्ट, विशिष्ट अतिथिमा कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत रहेका थिए ।

उद्घाटन कार्यक्रमको सञ्चालन कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव समेश चन्दले गरेका थिए ।

लिग दुई समूह मा बिभाजन गरिएको छ । समुह ’ए’ मा डिफेन्डिङ जिल्ला लिग च्याम्पियन क्लब दिपज्योती युवा क्लब, द ग्यालेक्सी युवा क्लब, सेक्युर्ड नेपाल, राम युवा क्लब, यूथ क्लब अफ महाकाली र अरनिको युवा क्लब रहेका छन् भने समूह ‘बि’ मा कञ्चन समाज,रोयल गोर्खाज यूथ सर्कल, निङ्गलाशैनी युवा समाज, त्रिपुरा समाज, महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल रहेका छन् । प्रतियोगिता माघ ५ गते सम्म सञ्चालन हुने छ ।