खाेज्नुहाेस

सांस्कृतिक संघ गोदावरीको नगर समिति गठन

Image

अत्तरिया – नेपाल सांस्कृतिक संघको गोदावरी नगर स्तरिय समिति गठन गरिएको छ । अत्तरियामा मंगलबार बसेको संघको बैठकले लोकराज ओझाको सभापतित्वमा ९ सदस्यीय समिति गठन गरेको हो । जसको उप–सभापतिमा पुष्पराज जोशी, सचिवमा यसोदा भट्ट, कोषाध्यक्षमा सुप्रिया विष्ट चयन गरिएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मण ओझा, दलबहादुर मल्ल, सिर्जना विष्ट, रेखा खत्री, निशा सिंह चयन गरिएका छन् ।

navjiwan hospital

गोदावरी नगरसंयोजक सीता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तथा नेपाल सांस्कृतिक संघका कैलाली जिल्ला सभापति सुरत रावत (डोटेली कान्छा) रहेका थिए ।

attariya hospital

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य पुष्पराज जोशी, पूर्व जिल्ला सदस्य सुरत कार्की, नेपाली कांग्रेसका निवर्तमान गोदावरी नगर सभापति हेम प्रकास उप्रेती, नेपाली कांग्रेस केन्द्रिय पार्टी प्रशिक्षक फणेन्द्र राज भण्डारी, नेपाली कांग्रेस गोदावरी – ४ का वडा सभापति शालीभान रावल, नेवि संघ त्रिभुवन विश्व विद्यालयका नेता डण्डीराज जोशी, नेपाल सांस्कृतिक संघका जिल्ला उप–सभापति गोविन्द साउँद, सदस्यहरु दलबहादुर बोगटी, मेघा भट्ट, प्रेम बिवश चन्द, शुरेस चोखाल, लगायतको सहभागिता रहेको थियो ।