खाेज्नुहाेस

एम्बाप्पेको ह्यट्रिकमा पिएसजीको सहज जित

Image

एजेन्सी – केलिएन एम्बाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेको खेलमा पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले फ्रेन्च कपमा वेन्समाथि ४(० को सहज जित निकालेको छ। अन्तिम ३२ मा प्रवेश गर्ने क्रममा पहिलो हाफमा १ गोल तथा दोस्रो हाफमा ३ गोल गरेको थियो।

सोमबार राति भएको खेलमा प्रेस्नेल किम्पेम्बेले नुनो मेन्डेसको कर्नरमा हेड गोल गर्दै पिएसजीलाई २८ औं मिनेटमा अग्रता दिलाएका थिए। पहिलो हाफमा १(० को अग्रता कायम गरेको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।

attariya hospital
navjiwan hospital

दोस्रो हाफमा सबै तीन गोल एम्बाप्पेले सम्भव बनाए। उनले ५९ औं मिनेटमा किम्पेम्बेकै पासमा पहिलो गोल गरे। ७१ औं मिनेटमा उनले जाभी सिमोन्सको पासलाई सदुपयोग गरेका थिए। ह्याट्रिक पूरा गर्ने क्रममा एम्बाप्पेले जुनियर दिना एबिम्बेको पासलाई सदुपयोग गर्दै ७६ औं मिनेटमा टिमको अग्रता ४(० मा पुर्‍याए।

एम्बाप्पेले पिएसजीका लागि १५० गोल समेत पूरा गरे। उनले १९६ खेलमा यो उपलब्धि हासिल गरेका हुन्। पिएसजीले पछिल्ला ७ फ्रेन्च कपको उपाधि जितेको छ। सन् २०१५ यताका सबै संस्करणको फाइनलमा पुगेको पिएसजी यो पटक पनि उपाधि उचाल्ने लक्ष्यमा छ।

पिएसजी लियोनल मेसीसहित चार खेलाडीलाई कोभिड(१९ पोजेटिभ देखिएपछि दबाबमा परेको थियो। तर‚ उनीहरुको अनुपस्थितीलाई एम्बाप्पेले अभाव हुन दिएनन् ।