खाेज्नुहाेस

त्रिविले आन्तरिक प्रतिस्पर्धा स्थगित गर्ने सहमति जनाएपछि तालाबन्दी खुल्यो

Image

अत्तरिया –  त्रिभुवन विश्वविद्यालयले आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय स्थगित गर्ने सहमति जनाएपछि एक महिनादेखि भएको तालाबन्दी सोमबारबाट खुलेको छ ।

आन्दोलनरत विद्यार्थी र त्रिविबीच आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्न सहमति भएसँगै आन्दोलनरत पक्षले तालाबन्दी खुलाएको हो ।

attariya hospital
navjiwan hospital

त्रिवि सभाले गत मंसिर १४ गते विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा सत्तारुढसहित ६ विद्यार्थी संगठनले मंसिर १६ गते उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा तालबन्दी गरेका थिए ।

नेविसंघ, अखिल क्रान्तिकारी, नेकपा समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं र अखिल क्रान्तिकारी र त्रिविबीच सहमति भएको हो । त्रिविले प्राध्यापक पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

दुई पक्षबीच भएको सहमतिमा ६÷६ महिनामा खुला विज्ञापन गरी शिक्षक, कर्मचारी नियुक्ति गर्ने र तालाबन्दी खोल्ने उल्लेख छ ।