अत्तरिया – एमाले नेता भीम रावलले नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला प्रवेश हुन लागेको हो भनेर प्रश्न गरेका छन । आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसंग नयाँ दिल्लीमा वार्ता भएको समाचार बाहिर आएपछि ट्वीट गर्दै उनले सो कुरा बताएका हुन ।
उनले लेखेका छन ‘श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसंग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो ?’



कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी आरजूले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आइतबार भेटवार्ता गरेकी थिइन ।

प्रधानमन्त्री देउवाको आउँदो पुस २५ गते देखि २७ सम्म भारत भ्रमण गर्ने कार्यक्रम छ । राणाका भाइ भूषणको स्वास्थ्य उपचारको गर्न पुस ११ गते दिल्ली गएकी थिइन् ।













