खाेज्नुहाेस

दल र नेताहरू विधिमा बाँधिन आवश्यक : अध्यक्ष नेपाल

Image

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल र नेताहरू विधिमा बाँधिन सकेमात्र देश सही दिशामा अघि बढ्न सक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको सफलताको शुभकामना दिँदै अध्यक्ष नेपालले नेता–जनता सबै विधिमा बाँध्न सकेमात्र देश अघि बढ्न सक्छ भन्ने कुरालाई आत्मसात् गर्दै सबै जना विधिमा बाँधिनुपर्ने बताए ।

navjiwan hospital

‘मन र भावना मिलेपछि बाँकी कुराहरू मिल्दै जान्छ’, उनले भने‚ ‘राजनीतिक दलका विभिन्न विचार हुन्छन्, मूल रुपमा मूल विषयमा विचार मिले अरू कुरा थाँती राख्न सकिन्छ ।’

attariya hospital

नेपालीहरू जुन बाटो र दलमा भए पनि राष्ट्रियताको सवालमा एकजुट हुनुपर्ने तर राष्ट्रियताका आधारमा तानाशाह स्वीकार्य नहुने उनले बताए । ‘तानाशाही प्रवृत्तिसँग जुधेर नै हामी माथी उठ्न सक्छौँ, सबैप्रति सम्मान भाव राखेर अघि बढ्न सकियो भने मात्र राम्रो हुन्छ, विद्यमान समस्यालाई उखेल्नका लागि हामीले मिलेर अघि बढ्न सक्नुपर्छ‚’ उनले भने‚ ‘जनताको विश्वास जित्नका लागि कुरामात्रै पर्याप्त होइन । समाजवादको नारा दिइरहेका छौँ तर हामीले चाहेको समाजवाद के हो र कस्तो हुनुपर्छ भन्नेबारे बुद्धिजिवीका बीचमा बहस हुनुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार, संसद् र जनताका बीचमा बहस सिर्जना गर्न आग्रह गरे । अहिले नेपाली समाज कहाँ पुग्यो, जनताका पीडाहरू के के हुन् ? यसमा ध्यान जान जरुरी रहेको उनले बताए । यी आवश्यकतालाई केन्द्रमा राखेर जानुपर्ने उनको भनाइ छ ।