काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको छ।

आइतबार २३४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ८९० सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ६ हजार २६८ पीसीआर तथा २ हजार ४१४ एन्टिजेन परीक्षण भएको छ।
















