खाेज्नुहाेस

एमाले सचिवमा लेखराज भट्ट निर्वाचित 

Image

धनगढी – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सचिव पदमा उम्मेदवारी दिएका लेखराज भट्ट विजयी भएका छन । एमालेमा ७ जना सचिव रहने व्यवस्था भएपनि ९ जनाको उम्मेदवारी परेपछि चुनाव भएको थियो ।

भट्टले १७०४ मत ल्याउँदै एमालेको सचिवमा विजयी भएका हुन ।

attariya hospital

यसअघि बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गर्दा सचिव पदमा भट्टको नाम थियो ।

navjiwan hospital

एमाले सचिवमा गोकर्ण विष्ट १९७६, योगेश भट्टराई १९६४, पद्मा अर्याल १८००, छविलाल विश्वकर्मा १८००, लेखराज भट्ट १७०४,  टोप बहादुर रायमाझी १७००, रघुविर महासेठ १५१३ मत सहित विजयी भएका छन ।

भिम आचार्य १३००, टंक कार्की ५०० मत ल्याएका दुवै जना पराजित भएका छन । त्यस्तै अध्यक्ष पदमा केपी शर्मा ओली र भीमबहादुर रावल बीच प्रतिस्पर्धा भएकोमा ओली विजयी भएका थिए ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन भने र घनश्याम भुसाल पराजित भएका छन ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए  ।

महासचिव पदमा शंकर पोखरेल,  प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल,  उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन ।