खाेज्नुहाेस

जनगणनाका लागि आजबाट घर तथा परिवारको सूचीकरण गरिँदै

Image

काठमाडौं – राष्ट्रिय जनगणनाका लागि आजबाट घर तथा घरपरिवारको सूचीकरण गरिने भएको छ। आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुँदै छ। त्यसका लागि सरकारले घर तथा घरपरिवार सूचीकरणको काम सुरु गर्न लागेको हो।

navjiwan hospital

सबै तयारी पूरा भएको र आजबाट काम सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यसका लागि सुपरिवेक्षण तालिम दिइसकिएको छ।

attariya hospital

कोरोना भाइरसको महामारीका कारण यसअघि जनगणना स्थगित गरिएको थियो। संक्रमण कम हुन थालेपछि जनगणनाको काम सुरु गर्न लागिएको हो।

यो १२औं जनगणना हो। नेपालमा वि.सं. १९६८ देखि जनगणना सुरु भएको थियो।