टीकापुर – कैलालीको टीकापुरबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १३ बाट बुधबार साँझ २ ग्राम ३३० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित २९ वर्षीय राजेन्द्र कुँवर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा कुँवरको साथबाट उक्त पदार्थ फेला पारेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















