महेन्द्रनगर – कञ्चनपुरमा भन्सार छली गरी भारतबाट ल्याइएका ४ लाख ४५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ।
जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी ४ लाख ४५ हजार १५० रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट बुधबार खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको हो।
बरामद गरिएका सामानमा ट्राउजर, मोजा, पञ्जा, जुत्ता, विभिन्न किसिमका कपडा, साइकलका पार्टपुर्जा, हार्डवेयर तथा किरानाका सामान रहेका छन्।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ।
















