अत्तरिया – कञ्चनपुरमा १० ग्रामभन्दा बढी खैरो हेरोइनसहित कैलालीका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० का २० वर्षीय जीवन लुहार रहेका छन्।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार भीमदत्त नगरपालिका–१९ स्थित होल्डिङ सेन्टरबाट उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुहारको साथबाट १० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर कानुनबमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

















