खाेज्नुहाेस

कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशन मङ्सिर १५ र १६ गते हुने

Image
navjiwan hospital

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशन मङ्सिर १५ र १६ गते हुने भएको छ । शनिबार सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायरले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । अधिवेशनको उद्घाटन मङ्सिर १५ गते बिहान ११ बजे धनगढीस्थित सौंराई स्क्वायरको सभा हलमा हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

‘नेपाली काँग्रेसको १५ औं नियमित महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिबेशन सम्पन्न भईसकेका छन् । केही जिल्लाको अधिबेशन बाँकी रहेतापनि अधिकांश जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी गराईन्छ’ विज्ञप्तीमा भनिएको छ ‘नेपाली काँग्रेस सुदूरपश्चिम प्रदशे कार्यसमितिको निर्णय अनुसार प्रदेश अधिबेशन मिति २०८३ मंसिर १५ र १६ गते हुने भएकाले अधिबेशनको उद्घाटन कार्यक्रम मिति २०८३ मंसिर १५ गते बिहान ११ः०० बजे धनगढी स्थित सौंराई स्क्वायरको सभाहलमा आयोजना हुने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।’

attariya hospital